अति विपन्न परिवारलाई राहत वितरण

रुपन्देही। रुपन्देहीको देवदहमा रहि विभिन्न सामाजिक कार्य गर्दै आईरहेको उज्यालो लाल्टिन प्रतिष्ठानले देवदहमा रहेका दैनिक ज्यालादारी गरि गुजार गर्ने तथा अति विपन्न लाई राहत सामाग्री वितरण गरिएको छ । प्रतिष्ठानले असार १८ गते शुक्रबार र १९ गते सनिवार दुई दिन गरि ४६ घर परिवारलाइ फलाईङ एड नेपालको आर्थिक सहयोगमा सामाग्री बितरण गरेको हो ।

संस्थाले दैनिक ज्यालादारी गरेर खाने र माहामारीमा समस्यामा परेका अति विपन्न ४६ घरपरिवारका लागि प्रतिघर २५ के जि चामल ३ वा सो भन्दा थोरै भए ( यदि ४ वा सो भन्दा बढिलाइ ५० केजि ), १० किलो पिठो, ५ किलो दाल, २ किलो चिनी , २ किलो चिउरा, ४ लिटर तेल, ४ पोका सोयाबिन , २ पोका माक्स, ३ पोका नुन र ४ ओटा लाईफबोय साबुन बितरण गरेको हो ।

राहत वितरण कार्यक्रमको उद्घाटन शुक्रबार देवदह नगरपालिकाको प्रमुख हिरा केसिले गर्नुभएको थियो। राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख केसिले समस्यामा परेका परिवारलाई राहत वितरण गरेर संस्थाले सरनिय कार्य गरेको बताउनु भयो । उहाले आगामी दिनमा पनि देवदह नगरपालिका संग संगै सहकार्य गरेर अघि बढ्ने बताउदै उज्यालो लाल्टिन्ले गरेको कामको प्रशंसा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: