गरिव र बिपन्न परिवारका साथमा अनेरास्ववियु, देवदहमा बिपन्न परिवारका सार्कीको स्वास्थ्य बीमा

देवदह // शैक्षिक हक अधिकारका लागि मात्रै नभएर आम जनताका जनजिविकाका लागि समेत आवज बुलन्द गर्दै आइरहेको विद्यार्थी संगठन अनेरास्ववियुले देवदह नगरपालिका वडा नं ४ प्रगतिटोल निवासी रामबहादुर सार्कीलाई एक वर्षको स्वास्थ्य विमा गरिदिने भएको छ । विगत ६-७ महिना अघि प्यारालाइसिसको कारण बिस्तारा मै थला पर्नुभएका सार्कीको घरमा उहाँका साथमा श्रीमती मात्रै भएको र आर्थिक अवस्था कमजोर भएका कारण औषधि उपचारमा समस्या भएकाले अनेरास्ववियुका नेता एवं समाजसेवी ब्याक्तित्व कृष्ण पौडेलले स्वास्थ बिमा आफ्नै खर्चमा गरिदिने बताउनु भयो । उहाले सोही क्रममा बोल्दै आफुले आफ्नो तर्फ बाट बर्ष भरिको खाद्यान्न पनि सहयोग गर्ने बताउनुभयो ।

नेपालमा पहिलो चरणको भाइरस भन्दा अहिलेको दोस्रो चरणको यो भाइरस खत्रा रुपमा फैलिएको छ । सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि लामो समय देखि जारी लकडाउनका कारण बिहान बेलुका समेत खानाको जोहो गर्न विपन्न परिवारलाई समस्या परिरहेको अवस्थामा अनेरास्ववियुले गरेका रचनात्मक क्रियाकलापको
देवदह नगरपालिकाको उप-मेयर विद्या लक्ष्मी गुरुङले खुलेर प्रशम्सा गर्नुभएको थियो । वहाले अनेरास्ववियुले देवदहमा विभिन्न रचनात्मक तथा मानविय कार्य गर्दै आईरहेको भन्दै अनेरास्ववियु देवदहलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

अनेरास्ववियु देवदहले अति गरिव र बिपन्न परिवारलाई केही राहत होस भन्ने उद्देश्यले तत्काललाई २५ के जि चामल , ५ केजि आटा, दाल, नुन, तेल लगाएतका खाद्य सामग्री बितरण गरिएको अनेरास्ववियु देवदह नगर कमिटीका अध्यक्ष सुरज भट्टराईले बताउनुभयो । यस्तो अवस्थामा जहाँबाट जसरी सक्छौं त्यसरी सहयोग गर्नु आफ्नो कर्तब्य भएकाले अनेरास्ववियुले यो अभियान चलाएको नगर कमिटीका अध्यक्ष भट्टराईले बताउनु भएको हो । महामारीको अवस्थामा हामी समस्यासँग डराएर पञ्छिएर बस्न मिल्दैन भन्ने उद्देश्यले देवदहमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको भट्टराईको भनाई रहेको छ।

स्मरण रहोस अनेरास्ववियु देवदहले निशुल्क एम्बुलेन्स र सव बाहन मार्फत जेठ ७ गतेदेखि निरन्तर सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: