प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाको केन्द्रीय कमिटी बिस्तार अध्यक्षमा ओली!


प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाको केन्द्रिय कमिटि विस्तार भएको छ। भर्चुअल बैठकमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा न्यू साउथ वेल्स राज्यका महावाणिज्य दुत दिपक खड्का र कार्यक्रमको अध्यक्षता सम्राटओलिले गर्नुभएको थियो। बैठकले केन्द्रीय अध्यक्षमा सम्राट ओली, उपाध्यक्षमा बिबेक महरा र सागर पाठक, सचिवमा अनीश ढकाल र क़ोषाध्यक्षमा गगन केसी साथै प्रवक्तामा किशोर बिस्टलाई चयन गरेको हो ।
बैठकले विभिन्न राज्यका लागि राज्यसंयोजक समेत चयन गरेको छ। जसमा न्यू साउथ वेल्स राज्यका लागी सागर भूर्तेल साथै महिला संयोजकमा चन्द्रा गिरि ,भिक्टोरियाका लागी सीद श्रेस्ठ, तासमानियाको लागी बिकास खरेल, साउथ अस्ट्रेलियाका लागी उमेश गिरी र एसिटीका लागी सूजन न्यौपानेलाइ राज्य कमिटि संयोजक चयन गरेको छ। यस्तै बाकी रहेका राज्यहरुमा पनि छिट्टै चयन गर्ने तयारी रहेको बताइएको छ। अन्य जोकोही पनि संगठनमा जोडिन इच्छुक बिध्यार्थीहरूले सम्पर्क गर्न सक्ने समेत अनुरोध गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दीपक खड़काले नयाँ मनोनीत पदाधिकारी, राज्य कमिटीका संयोजक र सदस्यहरूलाइ बधाई दिदै आगामी कार्यकालको शुभकामना सहित संगठनले बिध्यार्थीको हरेक मनोभावना बुझेर अगाड़ी बढ़नुपर्ने र रचनात्मक साथै दुखमा संगठन छ भन्ने भान आम बिध्यार्थी र जनमानसमा पार्नु पर्ने हून्छ, साथै समाजसेवामा लाग्न प्रेरित गर्दै युवाहरूमा नया सोच र देशप्रतीकों माया अनी आफ़नो व्यक्तित्व बिकास संगै अध्ययनलाई समेत ख़्याल गरी लाग्नुहुन सबैमा अनुरोध गर्नुभएको थियो।
साथै कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुँगले संगठनले हाल सम्म गरेको कामको खुलेर प्रशंसा गर्दै आगामी दिनहरुमा समेत सदैब हातेमालो गर्दै अगाड़ी बढ़ने प्रतिवद्दता व्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो। तेस्तै एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुँगले संगठनले राजनीतिक भंदा बिशुद्द बिध्यार्थीहरुको आवाज़ बोल्नुपर्ने हूँछ र समाजलाइ अगाड़ी बढ़ाऊन युवा बिध्यार्थीको ठुलो भूमिका हुने हुदा बिचार गरेर अघी बढ़न सुझाव दिदै सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै सम्राट ओलिले सम्पूर्णमा धन्यवाद दिदै सबैको साथ र सहयोगले आफू थप अगाड़ी बढ़न प्रेरित रहेको कुरा बताउनु भएको थियो ।
४५ जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा आठ ओटै राज्यबाट बिध्यार्थीहरू लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। बैठकमा एनआरएनए अस्ट्रेलियाबाट उपाध्यक्ष देब गुरुँग, प्रवक्ता नन्दा गुरुँग र तीर्थ कार्किको उपस्थिति रहेको थियो । त्यसैगरी, बैठकमा नेपाली समाज अस्ट्रेलियाका महासचिब संतोस आचार्य, एनपीएल अस्ट्रेलियाका अध्यक्ष निराजन गाउलि, डा. रितेश चिमोरिया, अनिल पौडेल लगायतको उपस्थिति रहेको थियो ।