लायन्स क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

देवदह // रुपन्देहीको देवदहमा लायन्स क्लब अफ देवदहले छैठौं तथा वर्ष २०२०/२१ को पद हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

बर्ष २०२१/२२ को लागि असार ५ गते नै बोर्ड फर्मेशन सर्वसम्मतले बनेको थियो । कार्यक्रममा बर्ष २०२०/२१ का अध्यक्ष लायन राम बहादुर गुरुङले बर्ष २०२१/२२ को अध्यक्ष लायन बिनोद थापालाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रम दुई चरणमा भएको थियो । कार्यक्रममा बर्ष २०/२१ मा राम्रो काम गर्ने सदस्यलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश, प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले नयाँ समितिलाई शुभकामना दिँदै लायन्स क्लब अफ देवदहले आफ्नो प्रत्येक कार्यक्रम समाजसेवा प्रति समर्पित निकै प्रशंसनीय कार्य गर्ने हुनाले क्लबलाई धन्यवाद पनि दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले लायन्स क्लब अफ देवदहलाई यस अघि पनि क्लबले अगाडि सारेको लायन्स आँखा अस्पताल निर्माणका लागि १० लाख विनियोजन गरेको र आगामी दिनमा पनि आफू आफ्नो तर्फ बाट र प्रदेश्को तर्फ देखि जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाले क्लब लाई आँखा अस्पताल छिटो संचालन गर्न पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ डिष्ट्रिक ३२५ विटु नेपालका भाईस गर्भनर नवराज न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, लायन्स क्लवका अफ देवदहका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल, लायन्स क्लव अफ देवदहका निवर्तमान अध्यक्ष रामबहादुर गुरुङ्ग लगायतले लगाएतले बोल्दै नवनिर्वाचित पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना दिनु भएको थियो ।

लायन्स क्लव अफ देवदहको बर्ष २०२१/२२ को लागि अध्यक्षमा विनोद थापामगर, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद ज्ञवाली, द्धितिय उपाध्यक्षमा मनबहादुर क्षेत्री, तृतिय उपाध्यक्षमा कृष्णराज पौडेल, सचिवमा सृजना ओली, कोषाध्यक्षमा शिला मल्ल रहनु भएको छ । यसैगरी सहसचिवमा बोधराज गौडेल, मेमवरशिवमा हिरालाल कडेल, थानप्रसाद चापागाई, खड्कबहादुर क्षेत्री, गणेश क्षेत्री, सुनिल जिसी, अर्जुन रेग्मी, मिना ज्ञवाली, देवु भट्टराई, टेकबहादुर राना रहनु भएको छ ।

दोश्रो चरणको कार्यक्रम बर्ष २०२१/२२ अध्यक्ष विनोद थापामगरको अध्यक्षता र सचिव सृजना ओलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: