लियो क्लब अफ लर्ड बुद्धको पाचौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न


देवदह // रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धको पाचौं पद हस्तान्तरण र चार्टण नाईट समारोह सम्पन्न भएको छ ।
बर्ष २०२१/२२ को लागि बैशाख ४ गते निर्वाचनबाट पदाधिकारीहरु सर्वसम्मतले निर्वाचित भएका थिए ।
सो कार्यक्रममा बर्ष २०२०/२१ का अध्यक्ष लियो सन्दिप तिवारीले बर्ष २०२१/२२ को अध्यक्ष लियो शंकर पंगेनीलाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रम दुई चरणमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ बुटवल खसौलीका पुर्व अध्यक्ष तथा लियो क्लब अफ लर्ड बुद्धका बर्ष २०२१/२२ का क्लब एड्भाईजर लायन गोपाल पाण्डेले नयाँ समितिलाई शुभकामना दिँदै लियो ले आफ्नो प्रत्येक कार्यक्रम समाजसेवा प्रति समर्पित निकै प्रशंसनीय कार्य गर्ने हुनाले क्लबलाई धन्यवाद पनि दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले लियो क्लब अफ लर्ड बुद्धलाई आफू आफ्नो तर्फ बाट जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा लियो डिस्ट्रीक ३२५ बि २ का भि.डि.पी लियो एम डि न्यौपाने , लायन बिष्णु उपाध्याय, लियो क्लबका संस्थापक अध्यक्ष लियो लायन दिपेश मल्ल, लियो गोपाल पाण्डे, लियो विजेन्द्र मान शाक्य, लियो कमल ज्ञवाली, पुर्व अध्यक्ष लियो सन्दिप तिवारी लगाएतले बोल्दै नवनिर्वाचित पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना दिनु भएको थियो ।
वर्ष २०२१/२२ को अध्यक्ष लियो शंकर पंगेनीले कार्यक्रममा बोल्दै आफनो कार्यकालमा लियोको मर्म अनुरूप कार्यक्रम गर्दै जाने र समाज तथा नगरपालिकामा भएका विकृति तथा बिसंगति जरै बाट हटाउन सक्दो प्रयास गर्ने कुरामा जोड दिनु भएको थियो ।