बाणगंगा ८ का कृषक आचार्य द्धारा नयाँ प्रबिधिबाट माछा पालन ब्यवसाय शुरु ।।

कपिलवस्तु फागुन ८ कपिलवस्तु जिल्लामा ब्यावसयिक रुपमा माछा पालन गर्नेको संख्या बढ्दै जादा जिल्ला माछामा आत्मनिर्भर पनि बन्दै जान थालेको छ । जिल्लामा अहिले केही युवाहरुले नया प्रबिधिको माध्यमबाट पनि ब्यवसाय शुरु गरिसेका छन । यसैक्रमा बाणगंगा ८ का एक कृषक दुर्गा आचार्यले पनि माछा पालन ब्यवसाय फरक किसीमबाट गर्नुभएको छ । कपिलवस्तु जिल्लामै पहिलो पटक पोखरीमा नभई प्लाष्टिकले वरिपरि घेरि पानी ट्याकंी निर्माण गरि वाणगंगा नगरपालिका ८ चप्परगाउँ सिसेनीका दुर्गा आचार्यले माछा पालन ब्यवसाय शुरु गर्नुभएको छ । उहाले सामाजिक सञ्जालमा माछा पालन गर्ने तरिका र बिधिलाई अनुशरण गर्दै यस्तो फरक खालको ट्याकी निर्माण गरि ब्यवसाय शुरु गर्नुभएको हो । यस अर्थमा सामाजिक सञ्जाबाट पनि राम्रो ज्ञान लिन सकिने एउटा गतिलो उदाहरण कृषक आचार्यले प्रस्तुत गर्नुभएको छ ।

उहाले करिव २ लाखको लागनीमा उक्त व्यवसाय सुरु गरेको बताउनुभयो । सुरुमा दुईवटा ट्याङकीमा १७ सय माङगुर माछा राखेको आचार्यको भनाई छ ।यस्तै उहाको ब्यवसायलाई छिमेकिले पनि सिको गदै शुरु गर्न थालेको छिमेकी पुर्ण श्रेष्ठले बताउनु भयो । थोरै लगानी, कम जमिन र परिवारको जुन सदस्यले पनि गर्न सक्ने देखे पछि आफुले पनि व्यवसाय सुरु गर्ने सोच राखेको उहाँको तर्क छ । वडा नम्बर ८ का वडा अध्यक्ष गुणनिधि भुसालले नयाँ तरिकाले सुरु भएको अत्याधुनिक खालको फिस फार्मिङमा माछाका भुरा छोड्दै यस्ता खालका ब्यवसायलाई स्थानिय सरकारले पनि बिशेष चासो दिने बताउनुभयो । साथै उहाँले वडाबाट सहयोग गर्ने बताउदै यसको सिको अन्य युवाहरुले पनि सिक्न आवश्यक रहेको स्पष्ट पानुृ भयो । यो माछापालन बिधि इन्डोनेसियामा अनुसन्धान भई भारत हुदै नेपाल भित्रिएको कृषक आचार्यको भनाई छ । सामान्य तालिम, थोरै लागनी, कम जमिनमा सञ्चालन गर्न सकीने भन्दै यस्ता खालका ब्यवसायमा अरु युवालाई पनि लाग्न उहाले प्रेरित गर्नुभएको छ । भने यता सामाजिक संजाललाई सहि सदुपयोग गर्दा अधिकतम फाईदा पनि आफैले लिन सकिने यस ब्यवासयबाट सिक्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: