कोरोनको कारण अमेरिकामा १ नेपालीको मृत्यु

कोरोनाको कारण अमेरिकामा एक नेपालीको मंगलबार मृत्यु भएको छ। पुर्ख्यौली घर पाँचथर भएका अनील लीम्बु कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका थिए ।

अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र प्रेसरको समस्या थियो । 

उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय सञ्‍चालन गरिरहेका थिए।अनील , जन सम्पर्क समिती अमेरीका सदस्य तथा NRNA न्युयोर्क च्यापटरमा रहेर समाजमा सहयोग पुराउनु भएको पाचथर जील्ला नीबासी हुनुहुन्थ्यो !

साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: