अनेरास्ववियूद्वारा सुपथ मुल्यमा तरकारी बजार आज बाट सुरु ( फोटो फिचर )

देवदह , संकटको वर्तमान अवस्थालाई अवसरको रूपमा लिई अत्यावश्यक तरकारीमा कालाबजारिगर्नेलाई निरुत्साहित गर्ने उदेश्यले अनेरास्ववियुले सुपथ मुल्यमा अत्यावश्यक तरकारी बजार आज बाट सुरुवात गरेको छ।

पछिल्लो समय बजारमा महङ्गोमा खरिद बिक्री भैरहेको सर्बसाधारणको गुनासोलाई मध्यनजर गर्दै सस्तो तरकारी बजार सुरु गरेको हो। यो अभियान लक डाउन अवधिभर संचालन हुनेछ । बिहान देवदहको खैरेनी चोकमा बजार संचालन गरिएको थियो भने साझ ५ बजेपछि शितलनगर चोक र भोलिबाट भवानिपुर र छ नं चोकमा पनि संचालन गर्ने आयोजकले जानकारी गराएको छ।
आजको मुल्यसुची
****************
आलु- रु.४५/-प्रती केजि
टमाटर- ५९/- ”
प्याज- रु.५०/- ”
लैरे सिमि -रु.५०/- ”
लौका – ४०/- ”
लसुन – १००/- प्रती पाउ
चटेला – ५०/- प्रती केजि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: