कोरोना नआइदिएको भए……!

यदि यतिबेला
कोरोना नआइदिएको भए
विश्व कति शान्त कति अशान्त हुन्थ्यो होला
म सोचिरहेछु दुबइको एउटा कुनाबाट,
विश्व कोरोना मै केन्द्रित छ
तर म सोचिरहेछु, यतिबेला
यदि,
कोरोना नआइदिएको भए,
विश्वले कस्ता कस्ता रिर्हसल देख्ने थियो होला,
सायद डलरको भाउ यति सारो उकालो लाग्ने थिएन कि
पेट्रोलको भाऊ यति सारो ओरालो लाग्ने थिएन कि,
सुनको भाऊ आकासिने थिएन कि
अनि मान्छेको भाऊको त झन् के कुरा रु

म सोचिरहेछु
आयो टप्प टिप्यो लग्यो भनेको
सायद यही हो क्यार ।
यदि कोरोना नआइदिएको भए
म यो सोच्न बाध्य हुने थिइन,
तर आज म सोच्न बाध्य भएको छु,
बम पढ्केको आवाज सुन्न पाएका छैनन्
अफगानी जनताहरु,
बच्चा रोएको आवाज आएकै छैन सिरियामा
काश्मिर पनि शान्त छ,
मध्यपूर्वमा पनि शान्ति नै शान्ति छाएको छ ,
हेर त,
इजराइल होस् वा प्यालेस्ताइन
इरान, इराक वा यमन
चाहे इस्लामिक स्टेट, हुथी वा तालिवान नै किन नहोस्
सब चुपचाप छन्
सब गुपचुप छन्,
यतिबेला
यदि, कोरोना नआइदिएको भए
छाउथ्यो होला त यतिविध्न मध्य पूर्व शान्ति

म सोच्दैछु, यतिबेला
कोरोना नआइदिएको भए
अमेरिका आफ्नो ताजुव देखाउदै
आफ्नो मतियारलाई हतियार बेच्दै
आफ्नो हतियारको खेल खेल्दै
मध्यपूर्वमा हुँकार गर्दै
आफ्ना मतियारलाई मत्ता हात्ती बनाउदै
कति निर्दोषहरुको ज्यान लिइसकेको हुन्थ्यो
इस्लामिक स्टेट, हुथी वा तालिवान
इजराइल, प्यालेस्ताइन
इराक, इरान, यमन
सिरिया,काश्मिर
ताइवान हडकड, चीन रुस अमेरिका
यि सब सबै शान्त छ अझ भनौ,
कोरोनाले शान्त हुन बाध्य र बिवश बनाइदिएको छ
साच्चै यतिबेला कोरोना नआइदिएको भए
सम्भव थियो त यति सारो विश्व शान्ति ?

मान्छे मर्नेहरुको संख्या
विश्वमै
धनाढ्यहरु र सर्वशक्तिमानहरु रहने
युरोप र अमेरिकामै धेरै भैसक्यो
युरोप अमेरिका र मिस्टर डोनाल्ड
भगवान पुकारिरहेका छन्,
विश्व नै भगवानको शरणमा छन्

सायद, यतिबेला कोरोना नआइदिएको भए
भगवानको महिमाा यसरी गाउथे होलान् त विश्वले ?

सायद,
बुझ्लान् र मनन गर्लान् त
दुनियाँलाई मुकदर्शक बनाएर रुवाउने
अमेरिका र उस्का मतियारहरुले
आफ्नो जनता मर्दा कति नमज्जा हुदो रहेछ
अझ केही गर्न नसकेर सिर्फ मुकदर्शक
बनेर हेरिरहनु को पीडा कस्तो हुदोरहेछ ?
सायद यतिबेला
कोरोना नआइदिएको भए
हुदैनथ्यो यतिसारो मानव विनाश
मान्छेले संझदैनथे होलान्
मानवीय संवदेना ।

अब आशा छ,
अमेरिका र उस्का मतियारहरुले
संझोस् र बुझोस् मानवीय संवेदना
छाडोस् हतियारको खेल खेल्न विश्वमा
अनि छाइरहोस् विश्व शान्ति यसरी नै
अनन्त अनन्तसम्म ।
मेरो यही छ विश्वको लागि कामना
गरौं सबै मिली कोरोनाको सामना ।।।

© अथाहसागर तीर्थमान
तनहुँ हाल यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: