म “तिमीलाई भेटाउछु”

 

सु_साएर बगिरहेको खोलिमा,
म तिम्रो ‘चाल भेटाउछु’, ,
म झर्केर बोल्दा, तिमि चुपचाप हिडिरहेको त्यो पल सम्झन्छु,
अनि म तिम्रो याद मेटाउछु ,,

आकाश गर्जेर पानि पर्न लाग्दा,
म तिम्रो ‘अभिमान भेटाउछु’, ,
तिम्रो घुर्काइ मैले मजाक बनाई उडाइदिदा,
तिमी रुन लागेको त्यो पल सम्झन्छु,
अनि म तिम्रो याद मेटाउछु, ,

फक्रिएको गुलाबको नजिकै पुग्दा, म तिम्रो ‘सुवास भेटाउछु’, ,
संगसंगै हिड्दैगर्दा तिमीलाई जुन संग दाजेको त्यो पल सम्झन्छु, अनि म तिम्रो याद मेटाउछु, ,

घाम_पानि परेको दिन,
म तिम्रो ‘खुसि भेटाउछु’, ,
इन्द्रेणिका सातै रंग टपक्क टिपि ,तिम्रो शिर सजाउने बाचा गरेको त्यो पल सम्झन्छु,
अनि म तिम्रो याद मेटाउछु, ,

मेला अनि पर्वको रंग_मज्चमा ,
म तिम्रो ‘एक्लोपन भेटाउछु’, ,
लाखौमा तिमी मेरो एक हौ भनि, तिमीलाई अड़्गालेको त्यो पल सम्झन्छु ,
अनि म तिम्रो याद मेटाउछु, ,
@ रिता काफ्ले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: