देवदहमा प्रहरीलाई माक्स, पन्जा र पत्रकारलाई प्रेस ज्याकेट प्रदान

सुरज भट्टराई , देवदह // लायन्स क्लब अफ देवदहले देवदहका पत्रकारहरुलाई प्रेस ज्याकेट र सुरक्षाकर्मीलाई माक्स र पन्जा वितरण गरेको छ । विश्वभर फौलिएको कोराना भाईरस (कोभिड १९) बाट सुरक्षित हुन देशमा भएको लडकडाउनको समयमा पनि विभिन्न संचार माध्यममा समाचार शाखामा निरन्तर रुपमा काममा खटिएका पत्रकारहरुलाई प्रेस ज्याकेट तथा माक्स र प्रहरीलाई माक्स र पन्जा वितरण गरेको हो । कार्यक्रम लायन्स क्लब अफ देवदहद्वारा निर्माणाधीन देवदह लायन्स आँखा हस्पिटलको प्राङ्गणमा भएको थियो।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लब अफ देवदहका चार्टर प्रेसिडेन्ट लायन बिष्णु पौडेलले यस्तो जटिल परिस्थितिमा पनि अहोरात्र खटिएर आम नागरिकहरुलाई सुरक्षा गर्ने कार्यमा दिनहु खटिने सुरक्षाकर्मीलाई माक्स र पन्जा वितरण गरेको बताउनु भयो । साथै पत्रकारले जोखिम मोलेर फिल्डमै गएर काम गर्नुपर्न भएकाले आफ्नो कार्य क्षेत्रमा खटिन सहज होस् र पत्रकारहरुको पहिचान होस भनेर पत्रकारलाई प्रेस ज्याकेट वितरण गरीएको बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब अफ देवदहको अध्यक्ष तथा देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङको अध्यक्षता र क्लबका सचिब लायन सुनिल जिसीको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: