देवदहमा पुल बन्ने पक्का, करोडौको ठेक्का सुरु

सुरज भट्टराई,रुपन्देही । देवदह नगरपालिका वार्ड नं ८ बंगाली र देवदह वार्ड नं ४ देविदमार जोड्ने पक्कि पुल निर्माणको लागि ठेक्क्का प्रक्रिया शुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले करिब ४ करोड १५ लाख रकममा निर्माण सम्पन्न हुने गरी प्रारम्भिक प्रक्रिया अगाडी बढाएको हो । लामो समय उक्त क्षेत्रमा पुलको अभावको कारण दुई वार्डका नागरिकहरु आवत जावत गर्न समस्या झेलि रहेका थिए । सोही कारण प्रदेश सांसद डा कृष्ण प्रसाद न्यौपानेको पहलमा आर्थिक वर्ष २०७६।७७को वार्षिक कार्यक्रम अन्तर्गत उक्त पुल निर्माण सुचारु भएको हो। पुल बन्ने निश्चित भए संगै स्थानियहरु उत्साहित भएका छन् भने आगामी दिनहरुमा उक्त क्षेत्रका स्थानीयहरूलाई धेरै हद सम्म सहज हुने देखिएको छ । कोरोना भाईरसको बढ्दो महामारीको अवस्थामा कार्यालयले गर्ने सम्पुर्ण प्रक्रिया सम्पन्न गरी अनुकुल वातावरण भएको अवस्थामा निर्माणको कार्य सुचारु गर्ने, सडक पूर्वाधार विकास कार्यालय रुपन्देही इन्जिनियर बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: