देवदहमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना बिमा

सुरज भट्टराई,रुपन्देहि ।रुपन्देहीको देवदह नगरपालिकाले महामारीमा जोखिम मोलेर कार्यस्थलमा खटिने जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना बिमा गरेको छ ।
नगरपालिकाले जर्नल ईन्सुरेन्स कम्पनी नेपालसंग संझौता गरि प्रतिव्यक्ति एक लाख रुपैयाँको स्वास्थ्य बीमा गरिएको देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले जानकारी दिनु भयो । नगरपालिकाले यस्तो जटिल परिस्थितिमा पनि आफ्नो कार्य क्षेत्रमा खटिन सहज होस् भनेर बिमा गरेको नगरपालिकाले जनाएको छ ।

साथै संक्रमण नगर क्षेत्रमा छिर्न नपाओस भन्नका लागि सबैलाई उच्च साबधानी अपनाउन आग्रह गरिएको र नगरक्षेत्रमा प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाइ गरिएको नगर प्रमुख हिरा केसीले जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: