कस्तो दिन खेप्नुपर्याको !!

कि त आफु मर्नु पर्ने ,कि त माया मार्नु पर्ने , यो कस्तो दिन खेप्नुपर्याको !
‘समयकै चलखेल रहेछ जिवन’ चाल भयाहुन आज,
बन्द कोठामा गुम्सिएर नै छन दिनहरु टर्याको ।

बाध्यता ;मान्छे संग म आफै तर्किनुपर्ने ,यो कस्तो दिन खेप्नुपर्याको!
‘कर्कलाको पातबाट पानि किन तर्किएको होला’ सोच्दैछु आज,
मेरो भोलिका दिनहरु पनि देख्दैछु त्यसैगरी तर्किएर झर्याको ।
न भोक न शोख मौनतामा सेलाएर डामिनुपर्ने,यो कस्तो दिन खेप्नुपर्याको!
देबि खुसि पार्न मन्साइने बलिले मन्दिर नपुग्दै, बाच्ने रहर मेटाउछ;कि झै लाग्दैछ आज ,
‘पिडाको धपडिमा जुर्मुराएका सपनाहरू’ देख्दैछु अकालमै मर्याको ।

जिवित छु,बाचिरहेछु,हासिरहेछु तर रमेको आभास हुदैन, यो कस्तो दिन खेप्नुपर्याको !
यदि मिल्थ्यो भने ‘फक्रिदो फूलले फक्रिने दिन सार्थ्यो’ कि झै लाग्दैछ आज, आफैभित्र आफ्नो मेसो हराएपछि, लाग्दैछ कतैबाट एक्लोपन सर्याको ।
©रिता काफ्ले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: