देवदह नगरपालिकाको एक अर्ब ६३ लाख बढी बजेट पारित :सभामा वडा नं ३ सम्मानित

देवदह // रुपन्देहीको देवदह नगरपालिकाले आउदो आर्थिक बर्षका लागि ल्याएको बजेट नगरसभाबाट पारित भएको छ। मंगलबार बसेको सातौ नगर सभाको दोश्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङद्धारा आर्थिक बर्ष २०७७/७८ का लागि प्रस्तुत १ अर्ब ६३ लाख ७८ हजार बजेट नगरसभाबाट पारित भएको हो । सभामा देवदह नगरपालिका भित्र वडा नं ३ ले सबै भन्दा बढि योजना कार्यान्वयन सम्पन्न  गरेको भनी सम्मानित भएको हो । वडा नं ३ अगिल्लो बर्ष पनि सम्मानित भएको थियो । त्यस्तै १२ वटै वडा मध्ये सबैभन्दा धेरै राजस्व संकलन गरि नगरको राजस्वमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै वडा नं.१० पनि सम्मानित भएको थियो ।

यही असार १० गते बसेको नगरसभा बैठकमा बजेट एवं नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। नगर प्रमुख हिरा बहादुर खत्रीले आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले गरेका प्रगति विवरण संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए। आउदो आर्थिक बर्षमा नगरपालिकाले कृषि तथा शिक्षालाइ प्राथमिकता दिदै बजेट ल्याएको जनाएको छ । नगरपालिकाको आर्थिक विकास तर्फ ४ करोड ६२ लाख ३५ हजार, सामाजिक विकास तर्फ ४२ करोड १९ लाख, पूर्वाधार विकासमा ७ करोड १० लाख, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड २७ लाख र संस्थागत विकास तथा सेवा प्रवाह तर्फ १४ करोड ९१ लाखको वजेट पारीत गरीएको गुरुङले जानकारी दिईन ।

नगर सभाले देवदह नगरपालिकाको विनियोजन विधेयक र आर्थिक विधेयक पारीत गरेको छ । बजेटमा युवाहरुलाई कृर्षिमा जोडेर विनाधितो ऋणको व्यवस्था, दुग्धजन्य व्यवसाय र कुखुरा पालक किसानलाई दश प्रतिशत राहातको व्यवस्था गरीएको गुरुङले बताईन ।वजेटमा सामुदायिक विद्यालय सवारी साधन खरिदका लागि केरवानी मा.वि, महामाया भवानी मा.वि, जनता मा.वि र युगज्योती माविलाई स्कुल बस प्रदान गर्ने र सवारी साधन संचालनका लागि भविष्य निर्माण मा.वि, जन प्रिय मा.वि र देवदह मा.वि लाई ३–३ लाखका दरले वजेट उपलब्ध गराउने उल्लेख गरीएको छ ।

नगर सभामा बोल्दै नगरप्रमुख खत्रीले हाल सम्म देवदह नगरपालिका भित्र संञ्चालन भएका चार वटा क्वारेनटाइन व्यवस्थापनमा ५१ लाख १९ हजार ९३ रुपैया खर्च भएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: