रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

साउन ४ । देवदहकै पहिलाे अन्तर्राष्ट्रियस्तरको सामाजिक संस्था रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको राेटा बर्ष २०/२१ काे पहिलाे क्लव सम्मेलन एंवम अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष राे.अर्जुन गुरूङको अध्यक्षता र राेटरी क्लव अफ तिलाेत्तमा रूपन्देहिका अध्यक्ष राेटरीयन गाेपाल ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा जाेन १२ का जेट.आर.आर राेटरीयन धन्नजय बर्नवाल, क्लवका निवर्तमान अध्यक्ष दिपेश अर्याल, पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले बाेल्नुभएकाे थियाे। साथसाथै कार्यक्रममा आगामि कार्ययाेजनाबारे छलफल भएकाे थियाे ।

३६ जना सदस्यहरूकाे सक्रिय सहभागिता रहेकाे उक्त अभिमुखिकरण कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरू राे.माधव ढकाल, राे. माधव आचार्य, राे.गणेश सापकाेटाले प्रशिक्षण दिनुभएको थियाे । क्लवकी सचिव राे. रमा गैरेकाे संञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: