देवदहमा बन्यो “फ्रुट गार्डेन”

सुरज भट्टराई , देवदह // रुपन्देहीको देवदहमा “फ्रुट गाडेन” निर्माण गर्ने उदेश्यसहित लियो क्लब अफ लर्ड बुद्धले शनिबार वृक्षारोपण गरेको छ ।  लायन्स क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खसौली युथ र लियो क्लब अफ सैनामैनाको संयुक्त सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । खालि रहेको वनको जग्गामा फलफुलका विरुवा लगाएर लियो क्लब अफ लर्ड बुद्धले  “फ्रुट गार्डेन” निर्माण गरेका हुन् ।

क्लबको वर्ष २०२०/२१ कार्यकालको आफ्नो पहिलो कार्यक्रम अन्तरगत देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वन परिसरमा रहेको बाँजो जग्गालाई सदुपयोग गरि विभिन्न जातका फलफुलका बिरुवा वृक्षारोपण गरेको हो ।

सो कार्यक्रम देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले आपको विरूवा वृक्षारोपण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएकी गुरुङले
वृक्षारोपण गरिसकेपछि यसको रेखदेखमा पनि जुट्न क्लबलाई आग्रह गर्नु भएको थियो । कोरोना भाईरस संक्रमणको कारण उत्पन्न समस्याको घडिमा सामाजिक संघसंस्थाहरुको योगदान जरुरी रहेको उहाले बताउनुभयो । उहाँले रोपिएका विरुवालाई सन्तानलाई जस्तै माया गरेर हुर्काउन समेत आग्रह पनि गर्नुभयो । आज तामझामका साथ विरुवा रोप्ने भोलिदेखि फर्केरै नआउने प्रवृत्ति नहोस् भन्दै गुरुङले हरेक क्षण संरक्षणमा खट्न आग्रह गर्नुभयो ।

वृक्षारोपणबाट “फ्रुट गार्डेन” पार्कको विकास गरेर पर्यटकीय गन्तव्य निर्माण हर्ने उद्देश्य सहित यो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष लियो सन्दिप तिवारीले जानकारी दिनु भयो । कार्यक्रममा आँप, अम्वा, कटहर, अमला, आदिको बिरुवा वृक्षारोपण गरिएको बताउनुभएको थियो । विरुवाको संरक्षण र सम्वर्धनको जिम्मा श्री सृष्टि सामुदायिक वन उपभोक्ता समूह, स्थानीय वासी, टोलविकास संस्थाहरू, आमा समुह, युवाक्लब र समुदायमा रहेका नागरिकको रहेको हुँदा संरक्षण गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा लायन बिनित भट्टराई (zone chairperson),लियो सरोज कडेल, लायन पप्पु कु. गुप्ता,सृष्टि सामुदायिक वन उपभोक्ता समूह उपाध्यक्ष भवानी शंकर पाण्डे, लायन बाबुराम बोहोरा, लियो दिपेश मल्ल, लियो बिजेन्द्र मान शाक्य, लियो गोपाल पाण्डे लगाएतको सहभागीता रहेको थियो ।

लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो सन्दीप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ बुटवल खसौलीका अध्यक्ष  लायन राजु पौडेलको स्वागत र सञ्चालन क्लबका सचिव अनुष्का घिमिरेले गर्नु भएको थियो। कार्यक्रमको संयोजक लियो आशिष पोख्रेलले फलफुलका ५० वटा विरुवाहरु रोपिएको जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: