रोटरी र रोट्याक्ट क्लबको संयुक्त आयोजनामा वृक्षारोपण

ललिता घिमिरे, देवदह ,१७ साउन // रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको संम्युक्त आयोजनामा स्मृति सामुदायिक बन उपभोक्ता समिति देवदहको बन क्षेत्रमा शनिबार वृक्षरोपण गरिएको छ । क्लवले योजनासहितकाे सहभागिता जनाएर साे वन क्षेत्रमा निरन्तर वृक्षारोपण गर्दै अाईरहेकाे छ ।

कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष गोपालपप्रसाद ज्ञवाली, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरूङ्, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष सुभाष केसीकाे संम्युक्त अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरत गुरुङकाे प्रमुख अातिथ्यता, देवदह स्मृति वन वाटिकाका अध्यक्ष प्रेमप्रसाद काफ्लेकाे विशिष्ट अातिथ्यतामा भएकाे कार्यक्रममा राेटरी क्लव अफ तिलाेत्तमा रूपन्देहिका पुर्व अध्यक्ष बालकृष्ण अर्याल, ईलेक्ट प्रेसिडेन्ट विष्णु चापागाई, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका पुर्व अध्यक्ष माधव ढकाल, माधव अाचार्य, गणेश सापकाेटा, र निवर्तमान अध्यक्ष दिपेश अर्यालकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुरुङले वातावरण जाेगाउनका लागि सम्पुर्ण उपभोक्ता र युवाहरूकाे सहकार्य हुनु जरूरी रहेकाे बताउनु भएकाे थियाे ।

याेजना सहिताकाे सहभागितामुलक वृक्षरोपण भन्ने मूल नाराका साथ टिक, बकाईनो, ईपिलिपि, सिसौ, खयर गरि १ सय ५० विभिन्न प्रजातीका बिरुवा राेपिएकाे कार्यक्रम संयोजक तथा रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका कमिटि सर्भिस डाइरेक्टर कृष्ण गैरेले बताउनुभयाे । उहाले वृक्षारोपणसंगै साप्ताहिक रेखदेख समेत गर्ने बताउनुभएकाे थियाे।

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका बोर्ड सदस्य राेट्याक्टर कृष्ण गैरेकाे स्वागत, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष राेट्याक्टर सुभाष केसीकाे धन्यवाद ज्ञापन र राेटरी क्लव अफ तिलाेत्तमा रूपन्देहीका सचिव राेटरीयन दिपक भट्टराईकाे संञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: