देवदहमा आजदेखि पुनः लकडाउन

सुरज भट्टराई, देवदह । रुपन्देहीको देवदहलाई अनिश्चितकालका लागि लकडाउन गरिएको छ। देवदह नगरपालिकाको खैरेनी स्थित गरिमा विकास बैंकमा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसंगै देवदहलाई पुर्णतया लकडाउन गर्ने निर्णय गरिएको हो। नगर कार्यपालिकाको आकस्मिक बैठकले बुधबारदेखि अर्को निर्णय नभएसम्मका लागि लकडाउन गरेको हो ।

नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गरिएको हो । बैठकले देवदह क्षेत्रमा अत्यावश्यक बाहेक पैदलयात्रा गर्न सम्म नपाईने गरि निर्णय भएको छ । नगरपालिकाले उक्त बैंकका कर्मचारीलाई क्वारेनटाइनमा राख्ने पनि निर्णय गरेको छ ।बैठकले राजमार्ग क्षेत्र बाहेकका स्थानमा सवारीका साधनहरु चल्न नदिने, कुनैपनि पेशा, व्यवसाय सञ्चालन नगर्ने सहितका निर्णय गरेको उपप्रमुख विद्या लक्ष्मी गुरुङले जानकारी दिइन् । नगरपालिकाको निर्णय अटेरी गरे कडा कार्वाही गरीने उहाले बताउनु भयो । बैंककी शाखा प्रमुख कबिता शर्माका अनुसार कोरोना संक्रमण देखिएका कर्मचारी ५ दिन देखि रुघा र ज्वरो आएपछि बिदामा बसेका थिए । बैंकको ॠण शाखामा कार्यरत उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गएर कोरोना परीक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: