देवदहमा प्रहरीलाई माक्स, पन्जा र सेनिटाईजर प्रदान

सुरज भट्टराई , देवदह // राष्ट्रिय युवा संघ देवदहले देवदहका सुरक्षाकर्मीलाई माक्स ,पन्जा, सेनिटाईजर वितरण गरेको छ । विश्वभर फौलिएको कोराना भाईरस (कोभिड १९) बाट सुरक्षित हुन देशमा भएको लडकडाउनको समयमा पनि सुरक्षाका लागी निरन्तर खटिरहने प्रहरीलाई माक्स र पन्जा वितरण गरेको हो । कार्यक्रम देवदह प्रहरी चौकीको प्राङ्गणमा भएको थियो।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महतले आफुहरु दिनुहु खटिरहेको र ज्योखिम उत्तिकै भको बेला राष्ट्रिय युवा संघ , देवदहले उदाहरणीय कार्य गरेको भन्दै धन्यवाद दिनु भएको थियो । आउदो दिनमा पनि महतले यो सहयोगि हात देवदहको सुरक्षाको बिषयमा आवश्यक पर्दा सहयोग पाउने आसा व्यक्त गर्दै सुरक्षा चुस्त दुरुस्त राख्न युवाहरुको साथ महत्वपूर्ण हुने बताउनुभयो।

त्यस्तै कार्यक्रममै बोल्दै राष्ट्रिय युवा संघ जिल्ला सदस्य बिकास गहतराजले जटिल परिस्थितिमा पनि अहोरात्र खटिएर आम नागरिकहरुलाई सुरक्षा गर्ने कार्यमा आफुहरु पनि सुरक्षीत भै खटिन सहज होस् भनि सुरक्षाकर्मीलाई माक्स ,पन्जा र सेनिटाईजर वितरण गरेको बताउनु भयो ।

कार्यक्रम राष्ट्रिय युवा संघ क्षेत्रिय सदस्य मिठ्ठु गिरिको अध्यक्षता र मधु श्रेष्ठको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: