देवदहमा एक जनप्रतिनिधीलाई कोरोना पुष्टि

देवदह // रुपन्देहीको देवदहमा एक जना जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । लामो समय देखि मुटु तथा मृगौला रोग बाट ग्रसित भै घरमै बसी उपचार गराई रहेका देवदहका ६० बर्षीय देवदह नगरपालिका कार्यपालिका सदस्यमा कोरोना संक्रमण पुष्टी भएको हो। यो संगै देवदहमा मात्रै कोरोना संक्रमितको संख्या २२ पुगेको छ ।

जस मध्य १२ जना निको भै घर फर्किएका छन् भने १ जनाको उपचारको क्रममा मृत्यु भएको र ८ जना उपचाररत रहेको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बञ्जाडेले बताउनु भयो।

देवदह नगरपालिकाले हाल जारी लक डाउन(बन्दाबन्दी) लाई भदौ ८ सम्म निरन्तरता दिने भएको छ। नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: