थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९ हजार ६४५ पुगेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ८३२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप २६४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ११ हजार ७६८ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: