देवदहमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि

देवदह , भदौ ८ // रुपन्देहीको देवदहमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये देवदह ३ कि ३८ बर्षीय महिला र ५५ बर्षीय पुरुष रहेको देवदह नगरपालिकाका जनस्वास्थ्य अधिकृत काशिनाथ वञ्जाडेले जानकारी दिनु भयो । उनिहरु केही दिन अगाडि देवदह नगरपालिका–९, भलुहीमा रहेको देवदह मेडिकल कलेजमा मृत्यु भएका ७० बर्षिय कोरोना संक्रमितको सम्पर्कमा आएका थिए ।

यो संगै देवदहमा मात्रै कोरोना संक्रमितको संख्या ३२ पुगेको छ भने २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । देवदह नगरपालिकाले हाल जारी लक डाउन(बन्दाबन्दी) लाई भदौ १४ सम्म निरन्तरता दिने भएको छ। नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: