कोरोना अपडेट : थप ८८४ जनामा कोरोना संक्रमण, ३१३ जना डिस्चार्ज

फरक यात्रा ,भदौ १३, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३७ हजार ३४० पुगेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ९७१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा।गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ३१३ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या २० हजार५५५ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: