१ मिलियन डलर पुरस्कार रहेको ‘हल्ट प्राइज’ प्रतियोगीता बुटवलमा सन्चालन हुंदै

मदन शर्मा, बुटवल । युवापुस्तालाई उद्यमशीलताद्वारा समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्ने हेतुले यस वर्ष बुटवलमा पोखरा विश्व-विद्यालय बुटवल अन्तर्गत कृम्सन कलेज अफ टेक्नोलोजीले अन्तराष्ट्रिय वार्षिक उद्यमशीलता चुनौती ‘हल्ट प्राइज २०२०/२१´प्रतियोगीता आयोजना गर्न लागेको छ। जसका लागि बुटवलका क्याम्पस निर्देशक विजय गौतमको नेत्तृत्वमा आयोजक समिति समेत गठन भएको छ।

यो प्रतियोगिता विद्यार्थीवर्गका लागि ‘नोबल पुरस्कार’ को रुपमा समेत चिनिन्छ । जसका विजेताहरुले पुरस्कार स्वरुप १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने प्राबधान छ।हल्ट बिजनेस स्कुल, हल्ट प्राइज संस्था र संयुक्त राष्ट्रसंघको सहकार्यमा खोलिएको यस प्रतियोगीताले युवा विद्यार्थीमा रहेको जोश, जाँगर र सामर्थ्यलाई उचित तबरले पहिचान गर्दै विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरुलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न सुनौलो अवसर प्रदान गरेको छ।

हरेक वर्ष विश्वव्यापी रुपमा सन्चालन हुने यस प्रतियोगिताका लागि एउटा विषय तय हुने गर्दछ। अहिलेसम्म अमेरिकाका ४२ औ राष्ट्रपति बिल क्लिन्टनद्वारा समृद्ध समाज निर्माणका लागि अति-आवश्यक मानिने पानी, शिक्षा, बिजुली लगायतका विषयहरु छनोट भएका छन्। हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य’ (SDGs) मा केन्द्रित रहेर सामाजिक उद्यमशीलतालाई प्राथमिकता दिदै विषय घोषणा गर्ने गरेको छ। साथै प्रतिस्पर्धीहरुले सोही विषयभित्र रहेर आफ्ना व्यापारिक र प्रेरणात्मक योजनाहरु प्रस्तुत गर्नुपर्ने हुन्छ।

यो वर्षका लागि हल्ट प्राइजले खानालाई बाँच्नको लागि आवश्यकता मात्र नभई सामाजिक विकास र परिवर्तनको आधारको रुपमा रुपान्तरण (Food For Good;Transforming food into a vehicle for change) नामक विषय दिएको छ। खानाबाट बन्चितलाई खाना दिने, रोजगारीको सृजना गर्दै अर्थ-व्यवस्थालाई मजबुत बनाउने, खाना आपूर्ति सम्बन्धित गृहकार्य गरि परिणाममा सुधार गर्दै सन् २०३० सम्ममा करिब १ करोड बढी व्यक्तिहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टेवा पुर्‍याउने यसको मुख्य उद्देश्य रहेको छ।

यस प्रतियोगितामा ३-४ जना विद्यार्थी रहेको समुहले भाग लिन पाउनेछन् । सबैभन्दा पहिले क्याम्पस/विश्वविद्यालयमा संचालन हुने प्रतियोगिता अर्थात् ‘अन क्याम्पस’ प्रतियोगिताका विजेताहरुले ‘रिजनल’ को लागि प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै रिजनल विजेताले ‘Accelerator’ र Accelerator विजेताले Global Finals मा प्रतिस्पर्धा गर्न UN headquarter मा गएर आफ्नो Business Idea प्रस्तुत गर्ने मौकाको साथै प्रतिस्पर्धा जितेर आफ्नो व्यवसाय संचालन गर्न 1 मिलियन अमेरिकी डलर समेत प्राप्त गर्ने मौका पाउनेछन्।

प्रतिस्पर्धीका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु संचालन गर्ने र अहिलेको विषम परिस्थितिमा पनि कार्यक्रमलाई सफल बनाउन निरन्तर रुपमा लागि परिरहेको क्याम्पस निर्देशक विजय गौतमले जानकारी दिनुभयो।

विश्वव्यापी रुपमा बढ्दै गइरहेको खाद्य संकट र खाद्य बजारमा भित्रिएको विकृतिलाई औल्याउदै साधारण व्यक्तिको जीवनमा परिवर्तन ल्याउने उद्देश्य राखेको हल्ट चुनौती २०२०/२१(Food For Good)मा सहभागी भई समाजको सिर्जनशील र जिम्मेवार नागरिकको रुपमा विकसित हुँदै सकारात्मक परिवर्तनको पहिलो कदम उठाउन हल्ट प्राइज पोखरा विश्वविद्यालय बुटवलका क्याम्पस निर्देशक विजय गौतमले हार्दिक अपिल गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: