देवदह खैरेनी चोकमा अटोमेटिक फुट प्रेस ह्यान्ड वासिङ

सुरज भट्टराई , भदौ २४, देवदह //मुलुकमा कोरोना भाईरसको सँक्रमण महामारी अझै उस्तै छ । नेपाल सरकारले यसबाट जोगिन अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने हातलाई राम्ररी सावुनपानीले धुने र सेनिटाईजरले हात राम्ररी सफा गर्ने अुनरोध निरन्तर गरिरहेका छ ।

यसै क्रममा रुपन्देहीको देवदहमा लायन्स क्लब अफ देवदह र लियो क्लब अफ देवदहले विभिन्न संघ संस्थाको सहयोगमा फुट प्रेस हेन्ड वास ट्यांकी राखेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिमलाई मध्यनगर गर्दै , बढी भिड बाड हुने भएकाले ‘अटोमेटिक फुट प्रेस ह्याण्ड वासिङ’ ट्यांकी खैरेनी चोकमा राखेका हुन् ।


कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी देवदह नगरपालिका उप – प्रमुख विद्या लक्ष्मी गुरुङले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नयाँ प्रविधि आवश्यक रहेको बताउनु भयो । यो प्रबिधि अन्तरगत हात धुँदा धारा र ह्याण्डवासमा हातले छुन पनि नपर्ने भएपछि सरुवा रोगबाट जोगिन सकिने उहाले बताउनुुुभयो ।

कार्यक्रम लायन्स क्लब अफ देवदहको अध्यक्ष लायन राम बा गुरुङको अध्यक्षता र क्लबका सचिव मनबहादुर क्षेत्रीको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: