शान्तिपूर्ण प्रदर्शन, दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम

भगवती न्यौपाने ,कपिलवस्तु भदौ २५//महिला बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान करुणा घर्तिमगरको आत्माको चिर शान्तिको कामना शान्तिपूर्ण प्रदर्शन, दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीका संयोजक लता खड्काकोे अध्यक्षतामा सम्पन्न भएको छ । कञ्चन गाउँपालिका १ को राड डाडामा श्रद्धाञ्जली कार्यक्रममा बोल्दै संयोजक खड्काले यस आवाजले हरेक अन्यायको विरुद्धमा आवाजको काम गर्ने बताउनु भयो ।
हत्यामा संलग्न जो कोहिलाई कानुनि कार्वाही हुन पर्ने उहाँले तर्क गर्नु भयो । आज पनि समाजमा छोरि, महिला सुरक्षित नभएको बताउँदै यस आवाजले हरेक आवजको काम गर्ने समेत बताउनु भएको छ ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति कञ्चन गाउँपालिका प्रमुख गोकर्ण क्षेत्रिले करुणाको केशमा गाउँपालिका निदाएर नबसेको बताउँदै स्थानिय सरकारले घटना प्रती सुक्ष्म अध्ययन गर्ने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष गोमा तरामुले कानुनको रिपोर्टले फरक देखाउँदा कानुन विपरीत जान नसकेको बताउनु भयो । तर घटना संकास्पद देखिएको बताउनु भयो । यस्तै श्रद्धाञ्जली कार्यक्रममा कञ्चन गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिनारायण चाैधरिले समाजमा यस्तो घटना नघटाेस भन्नका लागि जुनसुकै घटना भए पनि अन्यायमा परेकालार्इ न्याय दिनु मानविय कर्तव्य भएको धारणा राख्नु भयाे । यस्तै अावाजका केन्द्रीय सल्लाहकार सुर्य हरि मराठा लुम्बिनी अञ्चल सल्लाकार गंगा केसिले बाेल्दै २१ अाै शताब्दीमा पनि यसरी घटना हुनु भनेकाे महिला अाज पनि समाजमा सुरक्षित नभएको स्पष्ट पार्नु भयाे । हेटौंडा पीडा सेलाउन नपाउदै अाज अर्काे चेलिकाे मृत्यु हुनु भनेकाे कार्वाहीकाे पाटाे कमजाेर भएको समेत बताउनु भएको छ ।
करुणाको बाबाआमा रनवादुर र सम्झना घर्तिमगरले कतै आफु गरिव भएको कारण न्याय नपाएको होकि भन्दै आवाजले न्याय दिने आशामा रहेको बताउनु भयो। उहाँले न्यायको ढोका ढकढककाउदा समेत न्याय नपाएको दुख व्यक्त गर्नु भयो । करुणाको गत साउन २२ गते घर नजिकैको जङ्गलमा बलत्कार भएर झुन्डिएको अवस्थामा हत्या भएको थियो । उहाँको सम्बेदनशिल अङ्गमा समेत चोट लागेको र लगाएको कपडा छताछुल्ल थियो ।
आवाजकी कपिलवस्तु संयोजक चन्द्रा अर्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रुपन्देही संहसचिव ईन्द्रा विकले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय, बुद्धिजिवि, समाजसेवि, आवाजका रुपन्देही, कपिलवस्तु सम्पुर्णको उपस्थित रहेेेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: