देवदहका क्रियाशिल विभिन्न सामाजिक सस्थाहरुद्वारा आयाेजित फुड बैंक कार्यक्रम


देवदह, असोज ३// देवदहमा रहेका ६ विभिन्न सामाजिक सस्थाहरुद्वारा संयुक्त रुपमा स्थापित फुड बैंक कार्यक्रम सम्पन्न भएको छ । बिस्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को यस विषम परिस्थितमा सक्नेले दिने, नसक्नेले लिएर जाने उध्यश्यका साथ रूपन्देहिको देवदहमा संचालित खाध्यन्न संकलन तथा वितरण कार्यक्रम सम्पन्न भएको हो । समाजसेवा गर्दै आईरहेका समाजिक संस्थाहरु लायन्स क्लव अफ देवदह, रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदह, लायन्स क्लव अफ देवदह प्रोफेसन युथ, सामाजिक सेवा समुह फाउन्डेसन नेपाल, लियो क्लब अफ लर्ड बुद्ध, तथा लियो क्लब अफ देवदह द्वारा संयुक्त रुपमा एकेबद्धता जनाउदै कोरोनाको आक्रान्तले आर्थिक अभाव झेलिरहनु भएका देवदह बासिहरुलाई खाधन्न उपलब्ध गराउने उदेश्यले देवदहको बिभिन्न स्थानमा खाधन्न संकलन तथा बितरण (फुड बैंक)कार्यक्रम अगाडि सारेको हो । लायन्स क्लव अफ देवदहका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षता र देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, लायन्स क्लव अफ देवदहका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल, लायन्स क्लव अफ देवदह प्रोफेसन युथका अध्यक्ष दिपेश बिक्रम मल्ल, लियो क्लब अफ लर्ड बुद्का अध्यक्ष सन्दिप तिवारि लगायतले आ–आफ्ना भनाई राख्नु भएको थियो । यसैगरी लायन्स क्लव अफ देवदह प्रोफेसन युथका विमल तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भाद्र २४ गते देखि शुरु गरेको अभियानमा ७० हजार ७ सय ७० नगद संकलन भएको उहाले बताउनुभयो । तिवारीले खााद्यान्न संकलन तथा वितरण अभियानको क्रममा संकलन भएको रकम र खाद्यान्नबाट देवदह क्षेत्रका ६ सय २७ अतिविपन्न घरपरिवारलाई राहत प्रदान गरेको बताउनु भयो । सामाजिक सेवा समुह फाउन्डेसन नेपालका अध्यक्ष रबि बल्लब रेग्मीको स्वागत, रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरुङ्गको धन्यवाद ज्ञापन र श्रद्धा कुवरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: