देवदहमा बजार अनुगमनमा तीव्रता

देवदह , असोज ४ // रुपन्देहीको देवदहमा लकडाउन खुले लगतै बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ। लकडाउन हुनुअघि पनि देवदह नगरपालिकाले बजार अनुगमनलाई जोड दिँदै आएको थियो ।

देवदह न.पा बजार अनुगमन समितीको संयोजक विक्ष्णु पाण्डेको नेतृत्वमा आइतबार देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, व्यापारीक संगठनका प्रतिनिधि, प्रहरी र पत्रकार सहितको टोलीले शित्तलनगर क्षेत्रका किराना पसलहरुको अनुगमन गरेको हो ।

देवदह नगरपालिका भित्र सञ्चालन हुने हरेक पसलले मूल्यसूची राख्नुपर्छ, मूल्यसूची नराख्ने, आफूखुसी जथाभावी मूल्य असुल्ने, गुणस्तरहीन खाद्यसामग्री बेच्ने, कृत्रिम अभाव सिर्जना गर्ने सबैलाई कानुनी कारबाही हुने देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङले बताउनु भयो । साथै सुरक्षा मापदण्ड अपनायर मात्र व्यवसाय संचालन गर्न आग्रह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: