जन्म दिनको अवसरमा अपाङ्गलाई सहयोग

देवदह, असोज ७ । रुपन्देहीको देवदहमा आफ्नो जन्मदिनको अवसर पारेर बुवा स्याम भट्टराई आमा जमुना भट्टराई कि छोरी मोनिका भट्टराईले अपाङ्ग लाई खाद्यान्न उपलब्ध गराएकी हुन् ।

उनले बुधबार आफ्नो जन्म दिनको अवसर पारेर अपाङ्ग सेवा समाजको हलमा १५ जना अपाङ्गलाई खाद्यान्न वितरण गरेकी हुन् । उनेल  १० हजार बराबर को खाद्यान्न वितरण गरेकी थिइन् । एकजानाको भागमा चाउचाउ, बिस्कुट चिउरा दालमोट, जुस  दालमोट, जुस आदि गरी रहेको थियो । जन्म दिनमा अनावश्यक फजुल खर्च गर्नु भन्दा भन्दा अपाङगहरुले एक छाक भएपनि मिठो चिज खान र उनीहरुलाई खुवाउन पाए उनिहरुको आशिक पनि लाग्ने र मनमा शान्ति अनि खुसी लाग्ने भट्टराईले बताइन् ।

सहयोग हस्तानतरण पछि उनले आफ्नो आगामी जन्मदिन पनि यसरी नै मनाउने निरन्तर सहयोग गर्ने बताइन् ।खानेकुरा प्राप्त गरेपछि सवैजना खुसि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: