प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ पारित


बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ र नाम लुम्बिनी रहने पक्कापक्की भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा दुई तिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुङ्गाएको हो ।
राजधानी भालुवाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् । फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुवाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ को राजधानी भालुवाङ र आसपासको क्षेत्र हुने भएको छ । प्रदेश ५ को नाम लुम्बिनी कायम भएको छ । प्रदेश सभाको बैठकमा ७९ जना प्रदेश सभा सदस्यले लुम्बिनीको पक्षमा मतदान गरेका छन् । विपक्षमा जम्मा ४ मत परेको छ । विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।सुरुमा सरकारले राखेको प्रस्तावमा ध्वनी मतका अधारमा टुंग्याएकाले संशोधन प्रस्तावमा मतदान नै भएन। सरकारको प्रस्तावमा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका थिए।
यसअघि दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद डिल्ली बहादुर चौधरी पार्टीको ह्वीप नमान्ने र दाङलाई राजधानी बनाउने प्रस्तावमा समर्थन गर्ने बताएका थिए।