महिला हिंसा अन्त्य गर्न अधिकारकर्मीको माग


भगवती न्यौपाने,कार्तिक १- कपिलवस्तु। महिला हिंसा अन्त्य गर्न कपिलबस्तुका अधिकारकर्मीको माग गरेका छन। शनिबार कपिलबस्तुको चार नम्बर चोकमा आयोजित महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा पछिल्लो समय महिला हिंसाका घटना बढ्दै जाँदासमेत सरकारले कुनै चासो नदेखाएको उनिहरुले गुनासो गरे ।
महिला अधिकारकर्मी सावित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताउनुभयो। उहाले आफू देशभरी महिला हिसाँ बिरुद्द आवाज बुलन्द पार्दै हिँडेको बताउदै छोरी चेली माथी आफन्तबाटै पीडित हुन परेकोले तिनको सुरक्षा गर्ने आमाको अधिकार हो भन्नुभयो । निर्मला पन्त, सम्झना कामी, लगायतका छोरीहरुको बलात्कार पछि भएको हत्या र नारीहरु माथि हुने तेजाव आक्रमण विरुद्ध सरकार चुप लागेको आरोप लगाउनुभयो ।
यस्तै वाणगंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले महिलाहरुले २१ औं शदीमा पनि अत्यन्तै हिंसा सहनु परेको बताउनुभयो । उहाँले एउटी छोरी चेली बाफ्नै बाबु, दाजु, भाइ, मामाबाटै बलात्कृत हुनु परेको र अकालमै ज्यान फाल्नु परेको दुःख व्यक्त गर्दै महिला एकजुट हुनु अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल युवा परिषद् कपिलवस्तुको आयोजना, इ. आर.सि.को सह आयोजनाका साथै मेचीमहाकाली बुहारी संयुक्त आवाज, शान्ति आमा समूह लगायत १८ वटा संस्थाको सहकार्य रहेको थियो । सुरक्षा तिवारीको अध्यक्षता रहेको कार्यक्रम कोपिला गिरीको संचालनमा सम्पन्न भएको हो ।