गायक भन्डारीलाई बधाई दिन पुगे चर्चित मोडल गायक दिपेन्द्र सोनाम

काठमाडौं– संगीतकर्मी चिरिञ्जिवी भण्डारी वैवाहिक जीवनमा बाँधिएका छन् ।

गायक तथा संगीतकारको रुपमा दर्शक तथा स्रोतामाझ स्थापित भैसकेका भण्डारीले मंसिर २१ गते आईतबारको लगनमा धादिङकी २२ वर्षीया प्रमिला श्रेष्ठसंग अन्तर्जातिय विवाह गरेका हुन् ।

श्रेष्ठ बिएसडब्ल्यू दोस्रो वर्षमा अध्ययनरत छिन् ।

उनीहरुले कलंकी, स्यूचाटारस्थित पाटिचौरमा रहेको यज्ञश्वर मन्दिरमा विवाह गरेका हुन् ।

भण्डारी र श्रेष्ठ पछिल्लो दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

काठमाडौंको सोह्रखुट्टेमा आयोजित एउटा सांगीतिक समारोहमा दुई वर्षअघि दुबैको पहिलो भेट भएको थियो ।

वैवाहिक समारोहमा भण्डारी तथा श्रेष्ठका परिवारका सदस्य तथा केही नजिकका आफन्तहरु सहभागि थिए ।

नवविवाहित जोडीलाई आशीर्वाद दिन समाजसेवी तथा गीतकार ईन्दिरा बोगटी तथा गायक तथा मोडल दीपेन्द्र सुनाम पनि उपस्थित भएका थिए ।

गायक चिरञ्जिवी भण्डारी पछिल्लो समय बिस्तारै बिस्तारै तिमी मेरी हुनु, बदमास, तिमी छौ र त, तिम्रो मायाले, चट्टै मुटु काटेर आदि गीतहरु लोकप्रिय छन् भने उनको संगीतमा केही समयअघि सार्वजनिक भएको ‘चोखो माया’ गीतले पनि चर्चा पाएको छ ।

यसबाहेक संगीतकर्मी भण्डारी हिन्दी गीतका कभर भर्सनका कारण पनि चर्चामा छन् ।

टिकटकमा समेत उनका गीतहरु लोकप्रिय छन् ।

संगीतकर्मी भण्डारीलाई वैवाहिक जीवनको सफलताको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: