आँखा सम्बन्धी समस्या भए सुख्खानगरको केसी अप्टिकल्स एण्ड आइ केयरमा जानु

बुटवल । आँखा सम्बन्धी अत्याधुनीक सेवा सुविधा सहित बुटवलको सुख्खानगरमा केसी अप्टिकल्स एण्ड आइ केयर सेन्टर सञ्चालनमा आएको छ । यस क्षेत्रका नागरीकलाई आँखा सम्बन्धी सम्पूर्ण सेवा दिने उद्येश्यका साथ आइ केयर सेन्टरलाई सञ्चालनमा ल्याईएको आइ केयर सेन्टरका सञ्चालक एवं नेत्र तथा दृष्टि चिकित्सक डा.अमित केसीले जानकारी दिनुभयो ।
डा.केसीको करिब २५ लाखको एकल लागानीमा सुरु भएको यस आइ केयर सेन्टरको आज एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । बुटवल ८ सुख्खानगरस्थित भाटभटेनी नजिकै रहेको यस उपचार केन्द्रमा अन्तरास्ट्रिय स्तरको प्रयोगशालासहित आँखा तथा कन्ट्याक्ट लेन्स सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने उहाँको भनाई छ ।
बिगत १५ बर्षदेखि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय आँखा अस्पतालहरुमा सेवा दिँदै आउनुभएका अनुभवी सिनियर कन्सल्टेन्ट अप्टोमेट्रिष्ट डा.अमित केसीसहित थप २ जना बि.एस.सी अप्टोमेट्री गर्नुभएकी डा.मनिषा थापा मगर र डा.शुभेक्षा श्रेष्ठले यहाँबाट सेवा दिनुहुने छ ।
कोरोना भाईरसको जोखिमले गर्दा भएको लकडाउनको समयमासमेत निरन्तर सेवा प्रवाह गर्नुभएका डा. केसीले यसअघि तिलोत्तमाको मणिग्राममा पनि आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्शसहितको सेवा दिँदै आईरहनुभएको छ ।
आफू निरन्तर जनताको स्वास्थ्य सेवामा लागिरहने बताउँदै उहाँले आँखासँग सम्बन्धीत सबै खालको विशेषज्ञ सेवा मार्फत धृढ विश्वासका साथ अगाडी बढेको बताउनुभयो । सोही विश्वास र सामाजिक उत्तरदायीत्वका साथ बुटवलमा पनि सम्पूर्ण सेवासहितको उपचार केन्द्र थप गरिएको उहाँले जानकारी दिनुभयो ।
शुभारम्भको अवसरमा आगामी पौष १६ गतेसम्म निशुल्क आँखा जाँच हुने हुँदा सेवा लिनुहुन सबै नगरबासीलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: