“गुनासो छैन मलाई”

गुनासो अब गर्दै गर्दिन म ,
सूर्य अस्त भैसकेपछि मात्रै जुन उदाउछ थाहा पाइसकेको छु ।
तिमी चाहान्छौ मलाई आऊ ‘
तिमी चाहादैनौ मलाई जांऊ”
बालचन्द्र पूर्ण_चन्द्र हुन्ञ्जेल सम्म नियालिसकेको छु ।।
चन्द्रमाले आफ्नै रित पूरा गर्छ,
म तिम्रो समिप पूरा_ गर्छु
त्यसैले अब,गुनासो गर्दै गर्दिन म

गुनासो अब गर्दै गर्दिन म,
खोलिलाई बग्न तलतिर नै सजिलो हुन्छ ,थाहा पाइसकेको छु।
तिमी प्यासि छौ भने प्यास मेटाउ’
प्यासि छैनौ भने गन्तब्य भेटाउ”
हिउ पग्लेर हिमनदि हुन्ञ्जेल सम्म नियालिसकेको छु ।।
हिमालकै पानि बगि_बगि समुन्द्र पुग्छ, म तिमीलाई सम्झि_सम्झि सपनिमा पुग्छु
त्यसैले अब,गुनासो गर्दै गर्दिन म

गुनासो अब गर्दै गर्दिन म,
मन हावा जस्तै उडिरहन्छ’ थाहा पाइसकेको छु ।
तिमी सक्छौ भने मन पत्थर बनाऊ’
सक्दैनौ भने मन मत्थर बनाऊ”
दुध बाट बनेको अमृत अनि अमृतमा मिसेको भांड़,स्वाद नियालिसकेको छु ।।
भांड़ मिसेको अमृतले जिब्रो लट_पटाउछ ,मसंग जोडिएका तिम्रो सपनाले मन छट_पटाछउछ,
त्यसैले अब,गुनासो गर्दै गर्दिन म

गुनासो अब गर्दै गर्दिन म,
जन्मेपछि मृत्यु जरूरि हुन्छ ,थाहा पाइसकेको छु ।
तिमी मुटु बनि धड्किन चाहान्छौ कि’
बाडुल्किमै अड्किन चाहान्छौ ”
आत्मिय साथि स्वार्थी हुन्ञ्जेल सम्म नियालिसकेको छु ।।
साथि स्वार्थी बन्दा सम्बन्ध तोडछ,
म तिमीसंग गरेका बाचा तोडछु
त्यसैले अब,गुनासो गर्दै गर्दिन म
@रिता काफ्ले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: