कृसमस”को अवसरमा गीतकार तारा मगर”को कृसमस गीत आउ दिदी आउ बैनी नाच्ने गीत बजारमा..


काठमाडौंं // गीतकार तारा मगर’को शब्दमा गायक पुस्कर सुनुवार’नेपाल आईडल गायक किरण भुजेल’को आवाजमा क्रिसमस गीत (आउ दिदि आउ बैनी) गीत सार्वजनिक भएको छ । गीती लेखनमा अब्बल गीतकार तारा मगरले प्रत्येक वर्ष क्रिसमसका बेला क्रिसमसको गीतहरु बजारमा ल्याईरहेकि हुन्छिन ।
अहिले पनि उनले क्रिसमसको अवसर पारेर उक्त गीत बजारमा ल्याएकी हुन । गीतमा संगीत तथा संगीत संयोजन गायक पुस्कर सुनुवारकै रहेको छ” भने गीत सुमधुर बनेको छ भन्छिन गीतकार तारा मगर।
गीतको लिरिकल भिडियोलाई मोहन सुनुवार नबिन”ले बनाएका छन् । भिडियोलाई गायक पुस्कर सुनुवार’को युट्युब च्यानलमा हेर्न सकिन्छ। भिडियोलाई मेलोडी नेपाल’ले पोस्ट प्रोडक्सन गरेको छ।