कबिता : “यहि हो मेरो देश”

हो यहि हो मेरो देश
बारम्बार सिमानाका किल्लाहरू सारिरहन्छन, तरपनि स्तब्ध रहन्छ नि ” हो यहि हो मेरो देश ।
आवाज उठाउन सक्ला र कस्ले ? बिथोलिएको छ राज्यनिति अनि टुक्रिएको छ देश सड़घियताले ,
यहि देशको एक कुनामा ,अस्ताउदा घामझै आमाबाबु राख्ने झुपडि बनाएको छु,झुपडि मै बस्छु,त्यसैले त झुत्रो झाम्रो देखिन्छ मेरो भेष ।।

बारम्बार राष्ट्र भक्तले सम्झैता गरि गरि बेचिन्छन अटल सम्पदाहरू,धरौटिमा छ नि राष्ट्रीयता ,हो त्यहि हो मेरो देश ।
आवाज उठाउन सक्ला र कस्ले? जोडिएको रहेछ निजी स्वार्थ अनि झागिएको रहेछ नाताबाद,
यहि देशको एक जनता हुं म, आज अतालिएको छु ठुलाबडाको शोषण अनि गरिबिबाट ,त्यसैले त झुत्रो झाम्रो देखिन्छ मेरो भेष ।।

बारम्बार भ्रष्ट आचार भएका श्रष्टाहरु पुजिन्छन, अनि न्यायको मामिलामा न्यायलय पनि बेचिन्छ नि, हो त्यहि हो मेरो देश ।
आवाज उठाउन सक्ला र कस्ले? घरको भान्छा हुदै न्यायलय सम्म गाजिएको छ राजनिति, यहि देशको एक देशभक्त हुं म, आज मनको मझेरिमा बल्झिन्छ राष्ट्रप्रेम , अनि शिरमा छ गरिबिको ताज, त्यसैले त झुत्रो झाम्रो देखिन्छ मेरो भेष ।।

बारम्बार हत्याकाण्ड अनि अनेकौं प्रकरणहरु खेपिरहन्छन तर निसापको चासो हुदैन नि कसैलाइ , हो त्यहि हो मेरो देश ।
आवाज उठाउन सक्ला र कस्ले? सतिले सरापेको देश भन्दै गुनगान गाउछन यहाँ, यहि देशको एक पिडित हुं म, हातमा कोदालो अनि कांधमा हलो टुटेको छैन आजसम्म ,त्यसैले त झुत्रो झाम्रो देखिन्छ मेरो भेष ।।

©रिता काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: