देवदह आदर्श बहुमुखी क्याम्पसमा अन्तर समूह भलिबल प्रतियोगिता सप्पन्न

देवदह // अनेरास्ववियू देवदह आदर्श बहुमुखी क्याम्पसमा क्याम्पस कमिटीद्धारा आयोजित अन्तर समूह भलिबल प्रतियोगिता २०७७ मा छात्र तर्फ बाबुराम सापकोटा र छात्रा तर्फ रोशनी थापाको समूह विजय भएका छन् ।

छात्र तर्फ तीन समूह मध्य बाबुराम सापकोटा र सागर गाहाको समूह फाईनल खेल खेलेका थिए । फाईनल खेलमा बाबुराम को समुहले २३-२५ , २५-१५, २५-२२ को सेटमा जित हासिल गरेका थिए ।
त्यस्तै छात्रा तर्फ फाईनल खेलमा रोशनी थापाको समूह बि.एड दोश्रो बर्षले बि.बि.एस पहिलो बर्षको समुहलाई हराएको थियो । प्रतियोगिताको म्यान अफ दि म्याछ भने छात्र तर्फ सागर गाहा र छात्रा तर्फ रोशनी थापा भएका थिए । प्रतियोगितामा बिजय हुनि समुहलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

अनेरास्ववियू जिल्ला कमिटी संयोजक साजन भण्डारीको प्रमुख आतिथ्यता , देवदह आदर्श बहुमुखी क्याम्पस, क्याम्पस कमिटी अध्यक्ष केशव न्यौपानेको अध्यक्षता
र जिल्ला कमिटी सदस्य अशोक गैरेको सञ्चालनमा प्रतियोगिता एक कार्यक्रम विच समापन भएको थियो । प्रतियोगितामा अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य तथा जिल्ला सह-संयोजक शेष्कान्त पौडेल , अनेरास्ववियू केन्द्रिय सदस्य अर्जुन गैरे, अनेरास्ववियू जिल्ला कमिटि सदस्य सुरज भट्टराई , अनेरास्ववियू जिल्ला कमिटि सदस्य सुनिल गिरी, अनेरास्ववियू देवदह नगर कमिटि सदस्य अनिष पोखरेल लगाएतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: