जन्म दिनको अवसरमा शैक्षिक सामाग्री वितरण

सुरज भट्टराई , देवदह // पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटी समेत गर्ने प्रचलन बढदै गरेको अवस्थामा भिम बहादुर भट्टराई र हिरा देवी भट्टराईले आफ्नो नातिको जन्म दिन शैक्षिक सामाग्री वितरण गरेर मनाएका छन् ।
बुवा सुदिप भट्टराई र आमा निरु भट्टराईको छोरा सुनित भट्टराईको ५ औं जन्म दिनको अवसरमा उसको हजुरबुबा हजुरआमाले देवदह ५ मा अवस्थित श्री उदय आधारभुत विद्यालयमा करिव ८ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेका हुन् । सुनित अहिले आफ्नो बुवा आमा संग लन्डन छन् ।

विद्यालयमा करिब ४० विद्यार्थीलाई रहेका छन् । सुनितको हजुरबुबा हजुरआमाले प्रत्येक विद्यार्थीलाई कपि ,कलम , वणमाला र बिद्यालयलाई खेलकुदका सामाग्री भलिबल, फुटबल, ब्याडमिन्टन आदि दिनुभएको हो ।

शैक्षिक सामाग्री पाउँदा विद्यार्थीहरु निकै खुसी देखिएका थिए। विद्यालयका सहायक प्राध्यानाध्यापक दामोदर घिमिरेले सानो सहयोगले पनि विद्यार्थीहरुलाई ठुलो हौसला मिलेको बताउनु भएको छ । त्यस्तै उज्यालो लाल्टिन प्रतिष्ठानका सल्लाहकार राजिव सापकोटाले कार्यक्रममा बोल्दै अहिले जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्ने चलन छ तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैन्न, हरेक सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती सबैको सोच सुनितको हजुरबुबा हजुरआमाको जस्तो हुनुपर्छ र विद्यालयमा आगामी दिनमा पनि यस्ता थुप्रै कार्यक्रम लिएर आउने कुरा व्यक्त गर्नु भएको थियो।

कार्यक्रम उज्यालो लाल्टिन प्रतिष्ठान कि सदस्य एलिना हमालको अध्यक्षयता , सदस्य समज्ञा अधिकारीको स्वागत र युवराज चापागाईंको संचालनमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: