गालैको कोठीमा गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौंं // पछील्लो समय चर्चा कमाई रहेकी गायिका रुचि घिमिरे’को डान्सिङ गीत ( गालैको कोठीमा ) भिडियो सार्वजनिक भएको छ । आघिल्लो बर्ष तीज गीत” आधुनिक गीत” पप गीत” बजारमा ल्याएर चर्चा कमाएकी गायिका हुन् रुची घिमिर ।

समय लाएर ल्याउने तर राम्राराम्रा गीत संगीत बजारमा पस्किने मान्यता छ भन्छिन गायिका घिमिरे । उनको आवाजमा रहेको भर्खर सार्वजनिक भएको रमाईलो गीतलाई गीतकार तथा संचारकर्मी सुमन बैरागी (पण्डित)ले रचना गरेका हुन् भने गीतलाई संगीतकार भिम बिसी’ले संगीत गरेका छन् । गीतमा पुस्कर सुनुवार’को संगीत संयोजन रहेको छ।

गीतको भिडियोमा रोबर्ट सिंह बदैला ‘अन्जु बिश्वोकर्मा ‘ सन्तोष मगराती ‘को नृत्य सहितको दमदार अभिनय देख्न पईन्छ । भिडियोमा निर्देशन जीबी आग्री’ छायांकन प्रकाश खड्का’ सम्पादन कलरिङ सिलान लम्साल’को रहेको छ। भिडियोलाई ओ एस आर डिजिटल’को युट्युब च्यानलमा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: