दोस्रो देवदह खुल्ला फुटवल प्रतोयोगिता माघ २६ गते देखि सुरु हुने

सुरज भट्टराई, रुपन्देही । दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता माघ २६ गते देखि सुरु हुने भएको छ। डि-युनिटी क्लब देवदहको आयोजनामा देवदह -५ को पानबारी खेल मैदानमा प्रतोयोगिता हुने भएको हो।
डि-युनिटी क्लवले आज पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी गराएको हो। देवदहका युवाहरुलाई प्रतियोगितामा सहभागी गराई प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने,खेलाडीहरुको क्षमताको विकास गर्ने ,राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडीहरु तयार पार्ने ,फुटवलको क्षेत्रमा सम्भावना बोकेका खेलाडीहरुको पहिचान गरी विकास गर्ने ,खेलाडीहरुमा सहकार्यको भावनाको विकास गर्ने,स्वस्थ प्रतिस्पर्धाको अभ्यास गराउने उदेश्य सहित प्रतियोगिता संचालन गर्न लागिएको खेल संयोजक सन्तोष घलेले जानकारी गराउनुभयो।
प्रतियोगितामा नवलपरासी ,बारा ,पाल्पा ,नवलपुर ,रुपन्देही ,कपिलबस्तु जिल्लाका गरि कुल १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ७५ हजार, दोस्रोले ७५ हजार रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन।
त्यस्तै,उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने क्लबका सदस्य भिम दर्लामीले जानकारी दिनुभयो।प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले सहयोग गरेको छ।
प्रतियोगिता सम्पन्न गर्न कुल दस लाख रुपैया खर्च अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: