देवदहमा २ दिने यौन शोषण दुरुप्रयोग र उत्पीडनबाट रोकथाम तालिम सुरु

सुरज भट्टराई, देवदह // रुपन्देहीको देवदहमा २ दिने यौन शोषण दुरुप्रयोग र उत्पीडनबाट रोकथाम तालिम आज बाट सुरु भएको छ । सोईया महिला स्वावलम्बी संस्थाको आयोजना, उज्यालो लाल्टिन प्रतिष्ठानको सहयोग र स्कुल लाईफ इन नेपालको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।

तालिम खैरेनी स्थित ब्राईट फिउचर एकेडेमीको सभाहलमा भएको थियो। शनिबार उज्यालो प्रतिष्ठानको अध्यक्ष सागर कंडेल ले यौन शोषण दुरुपयोग र उत्पीडनबाट रोकथाम तालिमको उद्घाटन गर्नु भएको थियो । उहाले किशोरीहरु आफ्नो सुरक्षा आफैले गर्न मनोवल उच्च राख्नु पर्ने वताउनुभएको थियो सुरक्षाको अनुभूति स्वयम्वाट सिर्जना गर्नुपर्ने औल्याएका थिए । तालिममा सोइया महिला स्वाबलम्बि संस्थाका व्यवस्थापक मेनुका न्यौपाने , , सोईया महिला स्वाबलम्बि संस्थाद्धारा सञ्चालित क्वालिटी एजुकेशन परियोजनाका संयोजक नारायण भण्डारी , कम्युनिकेशन परियोजनाका संयोजक युवराज चापागाईं , हरि केशी लगाएतको उपस्थिती रहेको थियो । तालिमको मध्यान समयमा ग्लोबल गलस् परियोजनाका कल्पनाकार एनि मेट नोडफाल्कले भिडियो कल मार्फत आफ्नो शुभकामना मन्तव्य राख्दै उक्त तालिम कत्तिको प्रवाभ कारी रहनेछ जानकारी गराउनुहुन प्रशिक्षार्थीलाई आग्रह गर्नु भएको थियो । तालिममा प्रशिक्षक सुशील राज गिरीले प्रसिक्षण दिनु भएको थियो । उहाँले हिंसा, सोषण , यौन दुर्व्यवहार , उत्पिडन , आदिको बारेमा प्रशिक्षण दिनुभएको थियो ।  उत्पीडन , दुरुपयोग र शोषणको विरुद्ध लड्न सक्नु पर्ने कुरामा जोड दिनु भएको थियो । तालिममा २६ जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: