एशियन लाईट स्कुलमा नि:शुल्क दन्त परिक्षण तथा रक्त समुह पहीचान कार्यक्रम सम्पन्न


देवदह // एशियन लाईट ईङ्लिस बार्डिङ स्कुलमा प्रजातन्त्र दिवसको अवसर पारेर लियो क्लब अफ देवदहले एकदिने नि:शुल्क दन्त परीक्षण तथा रक्त समुह पहीचान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शित्तल डेन्टल हाेम र प्रनिसा फार्मेसीले सहजिकरण गरेका थिए ।
चिकित्सकको टोलीले विद्यालयका विद्यार्थीहरुको दन्त परिक्षण गर्नुका साथै रक्त समूह पहिचान गरेका थिए । उक्त कार्यक्रममा मुख र दाँत स्वास्थ्य राख्नको लागि आबस्यक परामर्श पनि दीइएको थियो । कार्यक्रमबाट विद्यालयमा अध्यायनरत करिब २०० जना विद्यार्थीहरू लाभान्दित भएका क्लबले जनाएको थियो ।
उक्त कार्यक्रममा लियो जिल्ला परिस्द 325 B2 नेपाल का जिल्ला अध्यक्ष लियो कुबेर पाठकको प्रमुख अतिथ्यता, साथै सोही बिध्यालय का यम.डि. बोध राज गौडेल, लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन राम बहादुर गुरुङ ,एरिया ४ का एरिया चिफ लियो गोबिन्द बन्जाडे ,रिजन संयाेजक अस्मि गाैतम, सोही बिध्यालयका प्रध्यानाध्यापक केशव खनाल, पास्ट प्रेसिडेन्ट सुमन थापा को उपस्थिति रहेको थियो।
बिद्यालयले अध्ययन अध्यापनको अलाबा अन्य सामाजिक कार्य पनि बेलाबेलामा गर्नु पर्दछ र बालबालिकालाई जनस्वस्थ्यका बिभिन्न सन्देश दिन जरुरि हुन्छ भन्ने अभिप्रायले यो कार्यक्रमको आयोजन गरिएको क्लब कि अध्यक्ष लियो श्रद्धा कुवरले जानकारी दिनु भएको थियो । बिध्यालय का यम.डि. बोध राज गौडेल ले विद्यार्थी को स्वस्थ्य लाई ध्यान मा राख्दै यो कार्यक्रम आफ्नो विद्यालयमा ल्याएकोमा लियो क्लब लाइ धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम लियो क्लब अफ देवदह कि अध्यक्ष श्रद्धा कुवरको अध्यक्षता र क्लब को सचिब लियो प्रविन गौडेलको संचालनमा भएको थियो।