देवदहमा लुम्बिनी प्रदेश स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

सुरज भट्टराई, रुपन्देही । रुपन्देहीको देवदहमा निर्माणाधीन सहिद दुर्गा बलु स्मृति कभर्ड हलमा लुम्बिनी प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

देवदह व्याडमिन्टन क्लबको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरीएको हो । निर्माणाधीन सहिद दुर्गा बलु स्मृति कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २१ र २२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जानकारी गराईएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेश भरीका जुन सुकै जिल्लाका खेलाडीहरुले सहभागी हुन पाउनेछन् । प्रतियोगितामा ५० टिम भन्दा बढी आउने अपेक्षा गरिएको छ । एक टिममा २ खेलाडी रहनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५५ हजार ५ सय पच्पन्न, दोस्रो हुनेलाई ३३ हजार ३ सय तेत्तीस रुपैयाँ , ट्रफि र प्रमाण पत्र प्रदान गरिने देवदह व्याडमीन्टन क्लबका अध्यक्ष लाल बहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा करिब रु ५ लाख खर्च लाग्ने अनुमान गरीएको खेल व्यवस्थापक मेघराज ढकाले बताउनुभयो । प्रतियोगिताको लागि सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले सहयोग गर्ने आयोजकले जनाएको थियो।

पत्रकार संम्लेलन प्रतियोगिताको मिडिया संयोजक तेजु अर्यालको अध्यक्षता र खेल व्यवस्थापक मेघराज ढकालको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: