देवदहमा लुम्बीनी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु

सुरज भट्टराई, देवदह । रुपन्देहीको देवदहमा लुम्बिनी प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । देवदह ब्याडमिन्टन क्लबको आयोजना र लियो क्लब अफ लर्ड बुद्धको सहयोगमा शुक्रबारदेखि प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
निर्माणाधीन सहिद दुर्गा बलु स्मृति कभर्ड हलमा सुरु भएको प्रतियोगीतामा लुम्बिनी प्रदेशको सबै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ६० टिम सहभागिता जनाएका छन् भने प्रतियोगिता मेन्स डबल खेलाईएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले अन्तरास्ट्रिय सम्मान पाएको ब्याडमिन्टन खेल पछिल्लो समय लोकप्रिय बन्दै गएको बताउनुभएको छ । उहाले निर्माणाधीन कभर्ड हलको पुर्णताका लागी आफुले बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५५ हजार ५ सय ५५, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ रुपैयाँ , ट्रफि र प्रमाण पत्र प्रदान गरिने देवदह व्याडमीन्टन क्लबका अध्यक्ष लाल बहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लाल बहादुर गुरुङ , स्वागत क्लबका उपाध्यक्ष तेजु अर्याल र संचालन क्लबका सदस्य दिपेश मल्लले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: