मुसहर समुदायका ४५ घरधुरिलाई राहत वितरण

देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नंवर ४ ले सोईयाका ज्यालादारी गरि गुजारा गर्ने मजदुरहरूलाई राहत उपलब्ध गराएको छ। देवदह  नगरपालिका वडा नंवर ४ को आयोजना र रुपन्देही सेवा समाज ईजरायलको सहयोगमा राहत वितरण गरिएको हो ।

मुसहर समुदायका ४५ घरधुरिलाई ५० हजार बारवरको खाद्यन्न सामाग्री वितरण गरिएको हो । दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुरहरुको परिवारमा खाद्यान्न संकट हुन नदिन देवदह ७ को सम्झना दुवेको पहलमा राहत वितरण गरिएको हो । ५ किलो चामल, आटा ५ किलो, दाल १ किलो, नुन १ किलो र आधा लिटर तेल राहत स्वरुप खाधन्न उपलब्ध गराइएको हो ।
उक्त राहत वितरण कार्यक्रममा देवदह नगरपालिका कार्यवाहक प्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं, वडा सदस्यहरु , सामाजसेवी लिला बल्लभ भट्टराई ,नारायण दुवे, सूर्य अधिकारी, अञ्जु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंको अध्यक्षता र छवि भट्टराईको संचालनमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: