देवदहमा आत्मरक्षा प्रशिक्षण र किशोरावस्था मा यौन व्यवहार उन्मुखीकरण ५ दिने तालिम सुरु

देवदह // रुपन्देहीको देवदहमा आत्मरक्षा प्रशिक्षण र किशोरावस्था मा यौन व्यवहार उन्मुखीकरण ५ दिने तालिम आजबाट सुरु गरिएको छ ।

बालबालिकाहरुलाई यौन हिंसाबाट बचाउन, शारिरीक तथा मानसिक हिसाबले तयार पार्न लियो क्लब अफ देवदको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम देवदह मदर टङ्स एकेडेमीको शभाहलमा भएको थियो । कार्यक्रममा सोही विद्यालयमा अध्यनरत करिब करिब १०० जना बिद्यार्थीको सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका देवदह नगरपालिकाको उप-प्रमुख विद्या लक्ष्मी गुरुङले गमलामा पानी हाली गर्नु भएको थियो।

विभिन्न खण्डमा पाँच दिन सम्म सञ्चालन हुने तालिमको प्रहरी उपरिक्षक प्रतित सिं राठौर, मुक्तिनाथ गैह्रे, मदन थापा, अमृत खड्का र सञ्जय बिकले सहजिकरण गर्नुहुनेछ । कार्यक्रम लियो क्लब अफ देवदहको अध्यक्ष श्रद्धा कुवर को अध्यक्षता र क्लबको सचिब लियो प्रबिन गौडेलको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: