महामाया भवानी  मा.वि मा नि:शुल्क दन्त परिक्षण

देवदह // रुपन्देहीको देवदह नगरपालिका -४ स्थित महामाया भवानि मा.विमा  लियो क्लब अफ लर्ड बुद्ध एकदिने नि:शुल्क दन्त परीक्षण तथा रक्त समुह पहीचान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विजय डेन्टल होमले सहजिकरण गरेका थिए ।

डा.विजय अम्गाई चिकित्सकको टोलीले विद्यालयका विद्यार्थीहरुको दन्त परिक्षण गर्नुका साथै  मुख र दाँत स्वास्थ्य राख्नको लागि आवश्यक परामर्श पनि दीइएको थियो । कार्यक्रमबाट विद्यालयमा अध्यायनरत करिब ५०० जना विद्यार्थीहरू लाभान्दित​ भएका क्लबका सदस्य लियो पवन खरेलले जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नं ४  का वडा अध्यक्ष दिपक चापागाईंको प्रमुख आतिथ्यता ,लियो जिल्ला परिस्द 325 B2 नेपाल का जिल्ला अध्यक्ष लियो कुबेर पाठकको विशिष्ट अतिथ्यता, साथै सोही बिध्यालय का  प्रध्यानाध्यापक ऋषिस्वोर अर्याल , सामाजसेवी लिला बल्लभ भट्टराई ,सुर्य नारायण अधिकारी , शिक्षक निलराज बस्याल,उज्यालो लाल्टिन प्रतिष्ठानका सह-सचिब सुरज भण्डारी ,लियो जिल्ला परिषद ३२५ बि२ नेपालका  उपाध्यक्ष लियो अनिश लमिछने , डिस्टिक चिफ मदन  थापा  , अरिया ४ चिफ गोविन्द बञ्जाडे,रिजन संयाेजक अस्मि गाैतम, लियो क्लब अफ लर्ड बुद्धका पुर्व अध्यक्ष लियो गोपाल पाण्डे , कमल ज्ञवाली देवदह प्रहरी चौकी का प्रमुख रुम केसी लगाएतको आतिथ्यता रहेको थियो।

बिद्याल​य​ले अध्य​य​न​ अध्याप​न​को अलाबा अन्य​ सामाजिक कार्य​ प​नि बेलाबेलामा ग​र्नु प​र्द​छ र​ बाल​बालिकालाई ज​न​स्व​स्थ्य​का बिभिन्न​ स​न्देश​ दिन​ ज​रुरि हुन्छ​ भ​न्ने अभिप्राय​ले यो कार्य​क्र​म​को आयोज​न​ गरिएको क्लब कि अध्यक्ष लियो सन्दिप तिवारीले जानकारी दिनु भएको थियो ।

कार्यक्रम लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो सन्दिप तिवारीको अध्यक्षता , लियो सरोज शर्माको स्वागत र क्लब को सचिब लियो अनुष्का घिमिरेको संचालनमा भएको थियो। उक्त शिविरको संयोजन लियो बन्दना ढकालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: