बालबालिका तथा किशोरीहरुका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम


सुरज भट्टराई, देवदह । बालवालिका तथा किशोरीहरुका लागि पाँच दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सम्पन्न भएको छ ।
बढ्दो महिला तथा बालिका हिंसालाई मध्यनजर गर्दैलियो क्लब अफ देवदह रुपन्देहीले तालिम संचालन गरेको हो । देवदह मदर टङ्स एकेडेमीको शभाहलमा आयोजित तालिममा एक सय जना किशोरी तथा बालवालिका सहभागी थिए ।
बालबालिकाहरुलाई यौन हिंसाबाट बचाउन, शारिरीक तथा मानसिक हिसाबले तयार पार्न तालिम संचालन गरिएको लियो कल्बले जनाएको हो ।
कार्यक्रममा देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङले पछिल्लो समय महिला हिंसाका घटना न्युनिकरणमा तालिम फलदायी हुने बिश्वास ब्याक्त गर्नुभयो। पछिल्लो समय किशोरी तथा महिलाहरु असुरक्षित भइरहेका बेला आत्मरक्षाको सीप सिक्न जरुरी रहेको उल्लेख गर्नुभयो। यसलाई अभियानकैरुपमा सन्चालन गरिनुपर्ने उहाँको भनाइ थियो । उहाले प्रशिक्षार्थी विद्यार्थीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्न र आफ्ना साथिभाईलाई पनि सिकाउन आग्रह गर्नु भएको थियो ।
तालिममा प्रहरी नायब उपरिक्षक प्रतिक सिंह राठौर, मुक्तिनाथ गैह्रे, मदन थापा, अमृत खड्का र सञ्जय बिकले सहजिकरण गर्नुभएको थियो ।
क्लबका अध्यक्ष लियो श्रद्धा केसीको अध्यक्षता र क्लबका सचिब प्रविन गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।