देवदहमा १० दिने ढकिया बनाउने तालिम सुरु

चैत २२,देवदह। देवदह नगरपालिकाको वडा नम्बर ४ मा १० दिने ढकिया बनाउने तालिम सुरु भएको छ। थारु सृष्टि महिला समूह देवदह – ४ को आयोजना र देवदह नगरपालिका वडा नम्बर-४ को आर्थिक सहयोगमा  ढकिया निर्माण गर्ने तालिम सुरु भएको
हो। तालिममा ३० जना थारु महिलाहरुको सहभागिता रहेको थारु सृष्टि महिला समूहले जानकारी दिएको छ।

बिशेष गरि लोप हुन लागेका थारु सस्कृति र रितिरिवाजलाई जगेर्ना गर्न र ढकियालाई देवदहकै पहिचानको रुपमा स्थापित गर्नका लागि तालिमको आयोजना गरिएको प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष दिपक चापागाईले बताउनुभयो।थारु भाषीको पहिचानको लागि ढकियामा देवदह नगरपालिका लेखेर मायाको चिनोको रुपमा बजार सम्म पुर्याउने योजना रहेको उहाले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: